‘कबड्डी ४’ की नायिका मिरुनाले लण्डनबाट मास्टर्स डिग्री उत्तीर्ण हुँदै स्वर्णपदक पाइन

काठमाडौं । यसबर्ष चर्चामा रहन सफल ‘कबड्डी ४’ की नायिका मिरुना मगरले लण्डनबाट मास्टर्सडिग्री उत्तीर्ण हुँदै स्वर्णपदक पाएकी छन् ।
उनले लण्डनको ब्रनेल विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गर्दै ब्रनेल गोल्ड अवार्ड पनि जितेकी छन् ।

बालबालिका, युवा र अन्तर्राष्ट्रिय विकास विषयमा उनले विश्वविद्यालयबाट स्नातकोत्तर डिग्री हासिल गरेकी हुन् । आफु उत्तीर्ण भएको खबर मिरुनाले सामाजिक सञ्जालमाफत जानकारी गराउँदै खुसी साटेकी छन् ।

‘अनगिन्ती बाधा र अड्चनको बाबजुद मास्टर्स डिग्री उत्तीर्ण गर्न पाउँदा र यसबीचमा फिल्मको छायांकन पनि सम्पन्न गर्न सकेकोमा म आफूलाई गौरवान्तित महसुस गर्छु । कैयौं निद्रारहित रातहरु, लकडाउनका शून्यताहरु र भित्रैदेखि मन भाँचिएका कैयौं क्षणको नतिजाको रुपमा यो उपलब्धि हासिल भएको छ । यो सहयोग र समर्थनको लागि मेरो परिवार र साथीहरुलाई धन्यवाद  नदिइरहन सक्दिनँ । मेरो जीवनमा उनीहरुलाई पाएकोमा कृतज्ञ छु’, नायिका मिरुनाले फेसबुक स्टाटसमा लेखेकी छन् ।

नायिका मिरुनाद्धारा अभिनित ‘कबड्डी ४’ पनि सफल हुँदै ब्लकबस्टर बन्यो । फिल्मकै प्रचारका क्रममा उनि विवादमा पनि परिन् । बौद्ध भिक्षु फुर्वा लामाले उनलाई फिल्म प्रमोसनका क्रममा भिडमा दुब्र्यवहार गरेको खबरले निकै चर्चा समेत पायो । उनले आफुलाई दुब्र्यवहार गरेको भन्दै घटनास्थलमा फुर्वालाई थप्पड हान्दै उठबस गराएर प्रहरीमा उजुरी गरेकी थिइन् । त्यसपछि फुर्वा प्रहरी हिरासतमा गई ३ हजार धरौटी तिरेर रिहा भएका थिए ।

मिरुनाको फिल्म ‘कबड्डी ४’ अहिले पनि हलमा चलिरहेको छ भने उनी अभिनित फिल्म ‘जारी’ प्रदर्शनको तयारी रहेको छ ।
फुर्वा प्रकरणले मिरुनाको करियरमा केहि धक्का लागेको विश्लेषण भइरहेका उनको पढाईको यो सफलताले उनका दर्शक, शुभचिन्तकहरु थप हौसिएका छन् । मिरुनाले स्वर्ण पदक नै जितेको खबरले सिंगो नेपालको नै विश्वभर नाम प्रचारित पनि भएको छ ।

भिडियो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार