भारतमाथीको कारवाही आत्मरक्षाका लागि,हामी युद्ध चाहंदैनौं– पाकिस्तानी सेना (भिडियोसहित)

काठमाडौं । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले भारतमाथीको कारवाही आत्मरक्षाका लागि भएको बताएका छन ।
बुधबार भारतिय सैन्य विमानमाथीको जवाफी कारवाहीपछि पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “आज बिहान भारतीय सैन्य विमानमाथीको कारवाही आत्मरक्षाका लागि मात्र थियो, युद्धका लागि पाकिस्तान सक्षम छ तर हामी युद्धतर्फ जान चाहंदैनौं । युद्धले संसारको कुनैपनि ठाँउमा शान्ती ल्याएको छैन ।”

भारत र पाकिस्तानबीच केहि समयदेखि बढिरहेको तनावकाबीच भारतले एक्कासी पाकिस्तानी भुमीभित्र छिरेर बम खसालेपछि आफुहरुले जवाफी कारवाही गरेको उनले प्रष्ट पारे ।

विहान भएको भारतिय विमानमाथीको आक्रमणबारे जानकारी दिदै उनले भने, “आज बिहान पनि भारतिय सैन्य विमान सिमा रेखा पार गर्दै पाकिस्तान छिरेपछि हामीले जवाफी कारवाही गर्यौं र उनिहरुका दुई विमान जमिनमा खसेर ध्वस्त भए, एकजना पाइलटलाई हामीले नियन्त्रणमा लिएका छौं ।”

प्रवक्ता गफुरले भारतसंगको तनावका बिषयमा पाकिस्तानी संचारमाध्यमहरुलाई संयम भएर समाचार सम्प्रेषण गर्न समेत आग्रह गरेका छन ।

भारतिय संचारमाध्यममा आएको समाचारको प्रवक्ताद्धारा खण्डन
पाकिस्तानी सैन्य विमान खसालेको भन्ने भारतिय संचारमाध्यमहरुमा आइरहेको समाचारको पाकिस्तानी सैन्य प्रवक्ता गफुरले खण्डन गरेका छन ।
पत्रकार सम्मेलनमा उनले भने, “बिहानको घटनालाई लिएर भारतिय संचारमाध्यमहरुमा भ्रामक र झुटा समाचारहरु सम्प्रेषण गरिदैछ, पाकिस्तानको एफ१६ सैन्य विमान भारचिय सैविकले खसालेको झुटा समाचार भनिरहेको छ, हामीले त्यो प्रयोग नै गरेका छैनौं ।”

यस्तो भ्रामक र झुटा समाचार सम्प्रेषण नगर्न उनले पाकिस्तानी संचारमाध्यमहरुलाई आग्रह समेत गरे ।

भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार