बाबुरामले आफुलाई पनि गठबन्धनमै राख्न भनेपछि देउवाले भनेः सँगै लिएर जान गठबन्धन तयार छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नवगठित नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि पाँच दलीय सत्ता गठबन्धनमा समेटेर लैजाने आश्वासन दिएका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका देउवालाई भेट्न आज बालुवाटार पुगेका डा भट्टराईले आफुहरु पनि गठबन्धनकै एक हिसा भएकाले संगै समेटेर लैजान आग्रह गरेपछि देउवाले गठबन्धनमा मिलाएर लैजाने आश्वासन दिएका हुन् ।

देउवासंगको भेटमा बाबुरामसंगै नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष महेन्द्र राय यादव पनि सहभागि थिए । सत्ता गठबन्धन बनाउँदा बाबुराम जनता समाजवादी पार्टीमा थिए । अहिले उक्त पार्टी फुटेर नेपाल समाजवादी पार्टी बनेको हो । जसको नेतृत्व भट्टराई र यादवले गरिरहेका छन् ।

देउवासंगको बैठकमा अध्यक्ष भट्टराईले सत्ता गठबन्धनमा सीट बाँडफाँड गर्न बनेको कार्यदलमा समेत आफुलाई समेट्न आग्रह गरेका थिए । त्यसमा पनि देउवाले गठबन्धनमा सल्लाह गर्ने बचन दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार