
काठमाडौं । काठमाडौं उपत्यकामा नै बाढीले बितन्डा मच्चाएको छ । गएरातिको वर्षापछि खोलामा आएको बाढीले खोला किनारका वासिन्दा प्रभावित भएका हुन्। काठमाडौं उपत्यकाको खाला किनारका बासिन्दाहरु बढि प्रभावित भएका छन् ।
बागमती किनारामा रहेका टहरामा बाढीको पानी पस्दा राती नै प्रहरीले ३ जनाको उद्धार गरेको थियो। बाढीका कारण घरभित्रै अलपत्र परेका उनीहरुलाई प्रहरीले उद्धार गरेको हो । बाढीले घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा लगायतका सामानहरु भिजेको उनिहरुले बताएक छन् ।
त्यस्तै वर्षापछि खोलामा खाएको बाढीले काँडाघारी प्रहरी कार्यालय भवनको भुइँ तला पनि डुबेको प्रहरीले जनाएको छ ।
मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बाढीले बगाउनुका साथै पार्किङमा राखिएका तीनवटा मोटरसाइकल पनि बगेका छन् । प्रहरी कार्यालयको सन्चार र इन्टरनेट पनि प्रभावित भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हरहर महादेव नजिकको गाईगोठमा अलपत्र परेका १५ जनाको उद्धार गरिएको छ । बाढीले बागमती किनारको सुकुम्बासी टोलका २ वटा टहरा पनि भत्काएर बगाएको प्रहरीले जनाएको छ ।
बाढीले भक्तपुरको नगरकोट, काठमाडौंको धाप, सुन्दरीजललगायतका विभिन्न क्षेत्रमा भारी वर्षा भएपछि आएको बाढीले खोला किनारका वासिन्दा प्रभावित बनेका हुन् । खोलाहरुमा बाढीको प्रभाव आज बिहानसम्म पनि यथावत रहेको प्रहरीले जनाएको छ ।













