काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा सरकारले भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । हेलिकप्टर दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ ।
यसक साथै मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गरिने निर्णय पनि बैठकले गरेकोछ ।
यसैबीच सरकारले हेलिकप्टर दुर्घटनाका विषयमा छानबिन गर्न ४ सदस्यीय छानविन समिति गठन गरेको छ। बालुवाटार श्रोतका अनुसार पूर्व पर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।