गायक प्रकाश सपुतले फिल्म बनाउँदै, फिल्मको नाम सार्वजनिक (टिजरसहित)


काठमाडौं । चर्चित गायक प्रकाश सपुतले निर्माण गर्ने फिल्मको नाम सार्वजनिक भएको छ । आज काठमाडौंमा एक बिशेष कार्यक्रमको आयोजना गर्दै गायक सपुतले निर्माण गर्न लागेको फिल्मको नाम सार्वजनिक गरिएको हो । लोकपृय नायक एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी लगायतका कलाकारहरुले ब्यानर खोलेर फिल्मको नाम वसन्त सार्वजनिक गरेका छन् । फिल्मको नाम सार्वजनिक कार्यक्रममा निर्माण पक्षले पाँच मिनेटको भिडियोसमेत प्रदर्शन गरेको थियो ।

गायक सपुतले चर्चित गीत गाएर, भिडियो निर्देशन गरेर आफु भित्रको वहुप्रतिभा दर्शकलाई देखाईसकेका कारण उनले बनाउने पहिलो चलचित्र वसन्तले पनि सफलता पाउनेमा अध्यक्ष केसीले विश्वास व्यक्त गरे ।

अध्यक्ष केसीले गायक सपुतले नेपाली फिल्म इन्डस्ट्रीलाई नै हाँक्ने क्षमता राख्ने समेत बताए । कार्यक्रममा उपस्थित कलाकारहरुले गायक सपुतले निर्माण गर्न लागेको फिल्मको सफलताको शुभकामना ब्यक्त गरे ।

गायक सपुतले समाजका तमाम अन्याय, अत्याचार, उत्पीडन र समस्या माथि विद्रोह गर्ने पात्र नभएकाले त्यसकै वरिपरी फिल्मको कथा रहने बताए । आफू जुन पृष्ठभूमिबाट आए त्यही पृष्ठभूमिको कथा वसन्त्मा देख्न् सकिने उनको भनाई छ ।

फिल्मका अभिनय गर्न लागेकी नायिका कलाकार स्वस्तिमा खड्काले सपुतसँग यसअघि गरेको सहकार्यबाट फिल्म पनि सफल हुनेमा विश्वास ब्यक्त गरिन् । सपुतको फिल्मको काम र्गे अवसर पाएको उनले खुशी पनि ब्यक्त गरिन् ।

फिल्म वसन्तमा मुख्य भूमिकामा सपुतसहित स्वस्तिमा खड्का, अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतका कलाकार रहने बताइएको छ। गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा रहेको फिल्म वसन्तको छायांकन भने बुद्ध थापा र सम्पादन प्रकाश भट्टको गर्नेछन् ।

फिल्मको कार्यकारी निर्माता मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहेका छन् । फिल्ममा पार्श्वध्वनि तथा संगीत संयोजन योगेशकाजीको रहने बताइएको छ । यस्तै फिल्ममा कथा र संगीत स्वयम सपुतकै रहनेछ भने मुख्य सहनिर्देशन सुनील विकको गर्नेछन् । भदौबाट फिल्मको सुटिङ सुरु हुने र चैतेदसैँमा प्रर्दशनमा आउने कार्यक्रममा जानकारी दिइएको छ ।

फिल्म वसन्तको टिजर हेरौं

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार