मन्त्री अधिकारीसहित सातै जनाको श्रद्धाञ्जलीका लागि टुँडिखेलमा तयारी पुरा

 

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा तयारी पुरा भएको छ । सातै जनाकाे शिक्षण अस्पतालमा पोष्टमार्टम पछि आजै दिउँसो चारबजेपछि शव टुडिखेलमा राखिने बताइएको छ ।

श्रद्धाञ्जलीका लागि टुडिखेलमा सम्पूर्ण तयारी पुरा भएको छ । मन्त्री अधिकारीलाई राष्ट्रपति विद्यादेवी भण्डारी, पार्टीका प्रमुख नेता तथा कार्यकर्ता, उच्चपदस्थ सरकारी कर्मचारी, नागरीक समाजका प्रतिनिधि, समाजसेवी ,आफन्त सुभचिन्तक लगाएतले टुडिखेलमा श्रद्धाञ्जली दिनेछन् ।

बुधबार भएको दुर्घटनामा पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित, पाइलट प्रभाकर केसीले, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाइन्स तथा एयर हेलिकप्टर कम्पनी एयर डाइनेष्टीका मालिक आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै ध्रुवदास भोछिभोय र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरेले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार