काठमाडाै । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्रीसहितका सातैजनाको श्रद्धाञ्जली कार्यक्रम स्थगित भएको छ । काठमाडौंको टुँडिखेलमा बिहिबार दिउँसो ३ बजेका लागि तय गरिएको श्रद्धाञ्जली कार्यक्रम दिउँसो ४ बजे स्थगित भएको जानकारी दिइएको थियो ।
दुघर्टनामा परी निधन भएका सातै जनाको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा पोष्टमार्टम गर्ने कार्य नसकिएकाले श्रद्धाञ्जली कार्यक्रम शुक्रबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनाएको छ ।
बुधबार दिउँसो भएको उक्त दुर्घटनामा परि पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित सात जनाको ज्यान भएको थियो ।
श्रद्धाञ्जलीका लागि टुँडिखेलमा विभिन्न राजनितिक दलका शिर्षनेता, मन्त्रीहरु लगायत सयौं सर्बसाधारणहरु भेला भएका थिए ।