
बाजुरा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको चुनावमा बाजुराबाट नेकपा एकिकृत समाजवादीका नरेशकुमार शाही प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस भएका छन् । जिल्ला कमिटीको विस्तारित बैठकले एकीकृत समाजवादीको भातृसंगठन युवा संघका अध्यक्ष समेत रहेका शाहीलाई प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरिएको हो ।
बैठकले निर्वाचन क्षेत्र प्रदेश सभा (क) मा पार्टीका केन्द्रीय सदस्य हिक्मतबहादुर शाही, जिल्ला पार्टी सचिव पुरबहादुर रावत र युवासंघ नेपालका केन्द्रीय उपमहासचिव धर्मबहादुर शाहीलाई सिफारिस गरेको छ।
त्यस्तै प्रदेश (ख) का लागि पार्टीका केन्द्रीय सदस्य गगन रावल र मन्देवी साउद खड्कालाई सिफारिस गरिएको छ।
संघीय समानुपातिकतर्फ काँशी नेपाली, दावा गुरूङ भोटे र सत्य खड्का थापालाई सर्वसम्वत सिफारिस गरेको छ।
त्यस्तै प्रदेश समानुपातिकतर्फ अमृता रावल बोहोरा र सतल कामी विकलाई सिफारिस गरेको जिल्ला कमिटीले जनाएको छ।












