
कंचनपुर। सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई बर्खास्त गरिएको छ। नेकपा एकीकृत समाजवादीबाट राज्यमन्त्री बनेका चोधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेको उनको सचिवालयले जनाएको छ। चौधरी आज कंचनपुरको भिमदत्तनगरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा एमालेमा प्रवेश गर्ने सूचना पाएपछि सरकारबाट हटाइएका हुन् ।
अध्यक्ष ओलीले एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री तारा लामा तामाङलगायतका नेता, कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदैछन् ।










