डेंगुको संक्रमणबाट कैलालीमा एक युवतीको मृत्यु, डेंगु संक्रमणका लक्षण के हुन् ?


काठमाडौं । कैलालीमा डेंगुको संक्रमणबाट एक युवतीको ज्यान गएको छ। स्वास्थ्य कार्यालय कैलालीले दिएको जनाएअनुसार कैलालीको धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया युवतीको निसर्ग अस्पतालमा गत मंगलबार उपचारका क्रममा मृत्यु भएको हो ।
उनको मृत्युको कारण अस्पतालले डेंगु भएको पुष्टि गरेको छ।

डेंगुको संक्रमणबाट युवतीको ज्यान गएकोबारे बिस्तरीत विवरण आइनसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रणको महाशाखा काठमाडौंले जनाएको छ ।

डेंगु संक्रमणका लक्षण के हुन् ?
कोरोना संक्रमणको महामारी बिस्तारै कम हुँदै गइरहेका बेला डेंगु संक्रमणले सताउन थालेको छ । बिशेषगरी लामखुट्टेको टोकाईबाट हुने डेंगुका बिरामीले आजभोली अस्पतालहरु भरिने गरेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रणको महाशाखाका अनुसार गत पुसदेखि हालसम्म २ हजार ८२७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । देशभर ७२ जिल्लामा डेंगुका बिरामी फेला परेको महाशाखाले जनाएको छ। काठमाडौ उपत्यकाको सबैभन्दा बढी ललितपुरमा १ हजारभन्दा बढीमा डेंगु संक्रमण पाइएको छ। काठमाडौं, रूपन्देही, धादिङ लगायतका जिल्लामा डेंगुको प्रकोप बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।

डेंगु संक्रमण भएपछि श्वास फेर्न कठिन हुने, पेट दुख्ने, गिजाबाट रगत बगेजस्तो हुने, दिसा कालो हुने, उल्टी हुँदा रगत देखिने, बिरामी बेहोश हुनेलगायत लक्षण देखिन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा टेकु काठमाडौंका रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । उनकाअनुसार यस्ता लक्षणहरुलाई जटिल मान्छिन ।

यस्ता लक्षण देखिने बित्तिकै बिरामीलाई चिकित्सकको निगरानीमा राख्नुपर्ने डा. पुन बताउँछन् । उनकाअनुसार डेंगुको कुनै खास उपचार छैन तर, बिरामीलाई समयमै चिकित्सकको निगरानीमा राखेर उपचार गरियो भने मृत्यु हुने संभावना हुँदैन् । डेंगु लामखुट्टेको टोकाईबाट हुने भएकाले त्यसबाट बच्न र लामखुट्टे उत्पादन हुन नदिन आफ्नो वरपर सरसफाई गर्ने, झुलभित्र सुत्ने, पुरै शरिर ढाक्नेगरी लुगा लगाउने गर्नाले यसबाट बच्न सकिने उनको भनाई छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार