काठमाडौं । करिब ५८ घण्टापछि भारतिय वायुसेनाका पाइलट विंग कमाण्डर अभिनंदन वर्तमान पाकिस्तान आर्मीको कस्टडीबाट स्वदेश फर्केका छन । शुक्रबार राती करिब सवा नौं बजे पाकिस्तानी सुरक्षाकर्मीले उनलाई पन्जावको सिमा क्षेत्रबाट भारतीय अधिकारिहरुलाई बुझाइएको थियो । त्यहाँबाट उनि राति १२ बजेको विमानमार्फत दिल्ली आएका छन । भारतिय वायुसेनाका अनुसार पाइलट अभिनंदनलाई दिल्लीमा रहेको सेनाको अस्पतालमा उनको स्वास्थ्य जाँच गरिनेछ ।
गत बुधबार भारतिय वायुसेनाको विमान पाकिस्तानीभुमीमा छिरेपछि पाकिस्तानी सेनाले भारतिय दुई विमानहरुलाई जमिनमा खसाल्दा भारतिय पाइलट अभिनंदन पाकिस्तानी सेनाले नियन्त्रणमा पुगेका थियो । यसबारे विश्वब्यापी चर्चा भएसंगै पाकिस्तानी प्रधानमन्त्री इमरान ख़ान त्यसको भोलीपल्टै भारतिय सैन्यविमानका पाइलटलाई सकुशल भारत फर्काउने घोषणा गरेका थिए ।
जुन कदमको सबैले निकै प्रसंशा गरे । प्रधानमन्त्री खानले आफुहरु कोहिसंग पनि युद्ध गर्न नचाहने तर, आक्रमण गर्छ भने त्यसको प्रतिउत्तर दिइने बताएका थिए ।
पाइलट अभिनंदन रिहा भएसंगै भारत र पाकिस्तानबीच नयां तरँग
केहि दिनदेखी भारत र पाकिस्तानबीच बढेको तनावले नयां मोड लिने संकेत देखाएको छ । गत बुधबार मात्रै भारतिय बायुसेनाका पाइलटलाई पाकिस्तानी सेनाले आफ्नो भुमीबाट नियन्त्रणमा लिएर तेस्रो दिन सकुशल भारतलाई बुझाएपछि तनावले नयां मोड लिएको हो ।
दुई देशबीच ठुलै युद्धको त्रास भइरहेका बेला पाकिस्तानको यो कदमले भारतलाई शान्तीको पाठ सिकाएको छ ।
भारतिय सैन्य विमानका पाइलटलाई पाकिस्तानले बुझाएपछि भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त कदमको हृदयदेखि नै स्वागत गरेका छन् । उनले आफ्नो आधिकारीक टुइटरमा सकुशल स्वदेश फर्केका अभिनंदनलाई स्वागत भन्दै उनको बहादुरीप्रती देशले गर्व महशुस गरिरहेको बताएका छन् । त्यसैगरी, गृहमन्त्री लगायत विभिन्न राजनितीक दलका शिर्ष नेताहरुले पनि पाइलट अभिनंदनलाई स्वदेश फर्केकोमा स्वागत भन्दै सामाजिक संजालहरुमा लेखेका छन् ।
पाकिस्तानले भारतिय सैन्यविमानका पाइलटलाई आफ्नो भुमीबाट सकुशल स्वदेश फिर्ता गरेकोमा भारतय नागरिकहरुले पनि पाकिस्तान सरकार र सेनालाई धन्यवाद दिइरहेका छन । पाइलट अभिनंदन आज स्वदेश फर्किने खबरले भारतभरी नै खुशीयाली छाएको थियो । नागरिकहरु सिमा क्षेत्रमा गई पाइलट अभिनंदनको तस्बिर अंकित प्लेकार्ड बोक्दै उनको स्वागतमा पर्खिरहेका थिए ।