
अछाम । अछाम जिल्लाको चौरपाटि गाउँपालिका वडा न. ७ मार्कुमा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन गरिएको छ । वडामा शुक्रबार एक कार्यक्रमको आयोजना गरि राम बहादुर बोगटीको अध्यक्षतामा ११ जना सदस्य रहेको वडा कमिटी गठन गरिएको हो ।
कमिटीमा उपाध्यक्ष भगवती बोगटी, सचिव तपेन्द्र बहादुर बोगटी, सदस्यमा गणेश बहादुर बोगटी, कृष्ण बोगटी, गोपाल बोगटी, खडक परियार, खेम राज बोगटी, सोभादेबि बोगटी, जमुना देबि बोगटी, लाल बोगटी र लक्ष्मण बोगटी रहेका छन् । कमिटीले पार्टीका गतिविधिलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुका साथै यहि मंसिर चार गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सफल पार्नका लागि महत्वपूर्ण काम गर्ने बताइएको छ ।
यहि मंसिर चार गते हुने निर्वाचनमा प्रतिनिधि सभाको लागि अछाम क्षेत्र नम्बर १ बाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री समेत रहनु भएका नेकपा एकीकृत समाजवादी पार्टीका प्रभावशाली नेता शेरबहादुर कुँवर उम्मेदवार रहनु भएको छ ।










