
बारा । बारामा नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार निर्वाचन आचारसंहिता उल्लंघन गर्दै आन्दोलनमा सहभागी भएका छन् ।
बारा निर्वाचन क्षेत्र नं ४ (क) प्रदेशसभा सदस्यका उम्मेदवार देवनारायण चौधरी निर्वाचन आचारसंहिता उल्लंघन गर्दै आन्दोलनमा सहभागी भएका हुन्। जितपुरसीमरा उपमहानगर वडा नं ७ का वडाअध्यक्ष सुनिल गुप्ताले निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेको विषयलाई लिएर एमाले कार्यकर्ताले गरेको सडक आन्दोलनमा उनि सहभागी भएका थिए।
जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति प्रमुख पर्शु पोखरेलले उम्मेदवार आफै आन्दोलनमा सहभागी हुनु आचारसंहिता उल्लंघन मात्रै नभएर निर्वाचनको समयमा शान्ति, सुरक्षा असर पर्ने कार्य भएकाले स्थानीय प्रशासन ऐन अनुसार कारबाही हुनसक्ने बताए ।
निर्वाचन आचारसंहितामा कुनै पनि उम्मेदवारले कानुन विपरीत सडक आन्दोलन, नारा जुलुसमा सहभागी हुन नपाउने व्यवस्था छ ।










