भूकम्प घटनाप्रति प्रधानमन्त्रीद्धारा दुख ब्यक्त, राहत, उद्धार र उपचारमा कुनै कमि नगर्न निर्देशन


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डोटीको खप्तड क्षेत्रलाई केन्दबिन्दु बनाएर आज बिहान डोटीमा गएको भूकम्पमा परि मृत्यु भएको घटनाप्रति गहिरो दुख ब्यक्त गरेका छन ।

भूकम्प घटनाबारे आज बिहान सामाजिकसंजालमार्फत प्रधानमन्त्री देउवाले मृतकप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । साथै उनले भूकम्प प्रभावित क्षेत्रमा राहत संगै उद्दारमा खटिन र घाईतेहरुको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।

“सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परि मृत्यु हुनेहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । साथै भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन र घाईतेहरुको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छुु,” प्रधानमन्त्री देउवाले सामाजिकसंजालमार्फत भनेका छन्।

गएराती ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ५ दशमलव ७ म्याग्निच्यूड र आज बिहान २ बजेर १२ मिनेटमा ६ दशमलव ६ म्याग्निच्यूडको गरि दुई पटक भूकम्प जाँदा ६ जनाको मृत्यु हुनका साथै ५ जना घाइते भएका थिए ।

भूकम्पको धक्काले दर्जनौं घरहरु भत्किएका र चिरा परेका छन् । प्रभावित गाउँमा अहिले नेपाली सेना, प्रहरी र स्थानियबासीले उद्धारको काम गरिरहेका छन् भने घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। भुकम्पको धक्का सुदूरपश्चिमका अन्य जिल्लाहरुमा समेत महशुस गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार