संविधानको रक्षा गर्दै विकास र समृद्धीका लागि गठबन्धनलाई जिताउँ– मन्त्री कुँवर


अछाम । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सविधानको रक्षा गर्दै विकास र समृद्धीका लागि सत्ता गठबन्धनलाई जिताउनु पर्ने बताएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका मन्त्री कुँवरले संविधानको रक्षा र लोकतान्त्रिक संघीय गणतन्त्रको संस्थागत विकासका लागि गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरी जिताउन आग्रह गरेका हुन् ।

आगामी मंसिर ४ मा हुने चुनावका लागि घरदैलो कार्यक्रम गर्ने क्रममा आज मेल्लेख गाउँपालिकाको वडा नम्बर १ / २ ऋषिदह क्षेत्रमा भएको गठबन्धनको संयुक्त चुनावी सभालाइ सम्बोधन गर्दै मन्त्री कुँवरले सो कुरा बताएका हुन् ।

सत्ता गठबन्धनले संविधानको रक्षा गर्दै देशमा तिर्व विकास र समृद्धीको मुख्य लक्ष्य लिएकाले आफ्नो गाउँठाउँको विकासका लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन उनले आग्रह गरे ।

ऋषिदह क्षेत्रको समग्र विकासका लागि आफू सदैव प्रतिबद्ध रहेको बताउदै मन्त्री कुँवरले यस क्षेत्रमा स्वास्थ ,शिक्षा, सडक, खानेपानी लगायतको विकासमा कतिपय कामहरु अधुरा रहेकाले त्यसलाई सम्पन्न गर्नका लागि आफुसहित गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरेर जिताउन आग्रह गरे ।

चुनावी सभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोबिन्दबहादुर शाह र प्रदेश सभा सदस्य उम्मेदवार झपटबहादुर साउदले सत्ता गठबन्धनलाई जिताउन आग्रह गर्दै समग्र अछाम लगायत सूदुरपश्चिम प्रदेशको विकासको लागि पनि गठबन्धन जित्नु आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार