यो चुनाव राजावादी र गणतन्त्रवादीबिचको महासंग्राम हो– नेता आचार्य


कैलाली । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य लक्षिराम आचार्यले मंसिर ४ गते हुने चुनाव राजावादी र गणतन्त्रवादीबिचको महासंग्राम भएको बताएका छन । कैलालीको गोदावरी नगरपालिका वडा नं ८ स्याउलेमा आयोजित चुनावी कार्यक्रमलाई संवोधन गर्दै नेता आचार्यले आगामी चुनावमा सामन्तवादी, राजावादी निरंकुशवादी र संविधानको रक्षा, शान्ति, विकास र समृद्धीको पक्षधरबीच महासंग्राम हुने बताएका हुन् ।

जनताको हकअधिकारको रक्षा गर्दै देशमा शान्ति, विकास र समृद्धी ल्याउने लक्ष्यका साथ चुनावमा होमिएका गणतन्त्रवादी काँग्रेस, माओवादी, एकिकृत समाजवादी, जनमोर्चा लगायतको पाँच दलिय सत्ता गठबन्धलाई जिताउन उनले आग्रह गरे । एमाले अध्यक्ष केपी ओली नेतृत्वको गठबन्धनले सामन्तवाद, निरंकुशता र राजा ल्याउने र देशलाई अझै बर्षौ पछि धकेल्ने एजेण्डा बोकेको उनले आरोप लगाए।

‘एमालेको डरले ५ वटा दल मिलेर गठबन्धन बनायो भनेर कोही कोहीले भनिरहेका छन, तर त्यो होईन, देशमा दुई वटा गठबन्धन बनेका छन् । एउटा प्रतिगामी र अर्को गणतन्त्रवादी अग्रगामी । प्रतिगामी गठबन्धनमा गणतन्त्रका विरोधी, देश विखण्डन गरौ भन्नेहरु, धर्म निरपेक्षताका विरोधी, समावेशीता तथा समाज परिवर्तन र रुपान्तरणका विरोधीहरु छन । तर अग्रगामी गठबन्धनमा लोकतन्त्रवादी ,गणतन्त्रवादी, राष्ट्रवादी, परिर्बतनगामी दलहरु छन्’, नेता आचार्यले भने ।

उनले देश परिवर्तनका लागी २००७ सालमा पुर्खाहरुले लडेर ल्याएको नेपालको स्वतन्त्रता र २०४६ सालमा बुवाहरुले लडेर ल्याएको बहुदलिय व्यवस्थाको वेवास्था गर्दै ६२/६३ को जनआन्दोलनमा युवाहरुले लडेर फालेको सामन्ती राजसंस्था र निरंकुश व्यस्थालालाई उब्जाउने काम भैरहेको छ।

नेता आचार्यले अहिलेको निर्वाचन सांसद जिताउने र मन्त्री बनाउने मात्र नभई देशलाई अध्यारो तर्फ लैजाने की उज्यालोतर्फ लैजाने भन्ने बीचको लडाई भएको बताए । देशलाई उज्यालो तर्फ डोर्याउँदै स्थायी शान्ति, विकास र समृद्धीको लक्ष्य लिएको गणतन्त्रवादी सत्ता गठबन्धनलाई जिताउन उनले आग्रह पनि गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार