नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध पल शाह उच्च अदालत गए


नवलपुर। अभिनेता पल शाह नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत गएका छन् । पलले नाबालिका गायिका माथि यौन दुरुपयोग गरेको भन्दै नवलपुर जिल्ला अदालतले दोषी ठहर गरेको फैसलाविरुद्ध उनि आज उच्च अदालत पोखरा गएका हुन् ।

जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार उच्च अदालतमा आज निवेदन दर्ता गराएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले संचारकर्मीहरुलाई जानकारी दिएा छन् ।

नाबालिका गायिकामाथि बलात्कारको आरोप लागेका अभिनेता पललाई नवलपुर अदालतले दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । पीडित भनिएकी नाबालिकाले पलविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि मुद्धा दिएकी थिईन् । सो मुद्धा विचाराधीन नै छ। अदालतको फैसलाअनुसार पल हाल तनहुँ कारागारमा रहेका छन् ।

गत २१ भदौमा नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई जबर्जस्ती करणी मुद्दामा सफाइ दिदैं बाल यौन दुरूपयोग कसुरमा दोषी ठहर गरेको थियो । नाबालिकाले अदालतमा वयान फेर्दै अभिनेता पलले आफुलाई बलात्कार नगरेको बताएपछि उनले बलात्कार मुद्धामा सफाई पाएका थिए ।

२०७८ फागुन ११ गते नाबालिका गायिकाले अभिनेता पलले आफुलाई पटक पटक जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिईन् । त्यसपछि पलले फागुन १५ गते तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए।
पलले आफु नर्दोष रहेको र आफुलाई षड्यन्त्रपुर्वक फसाइएको बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार