
कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावबाट माधवकुमार नेपालको पार्टी समाप्त हुने जिकिर गरेका छन् ।
आज कैलालीको अत्तरियामा आयोजित चुनावी सभालाई संवोधन गर्दै अध्यक्ष ओलीले नेता नेपालले नेतृत्व गरेको एकिकृत समाजवादी पार्टी चुनावपछि समाप्त हुने बताएका हुन् ।
ओलीले एमालेमा अधिनायवाद र ब्यक्तिवाद लादेको भन्दै नेता नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेका थिए । अध्यक्ष ओलीले नेपालको पार्टी खरानीको डल्लोको संज्ञा समेत दिएका छन् । नेपाल नेपालको पार्टीबाट धेरै नेताहरु एमालेमै फर्किसकेको र चुनावपछि बाँकी नेताहरु फर्किने र पार्टी समाप्त हुने ओलीको दावी छ ।
ओलीले माओवादी केन्द्र पनि भविष्यमा समाप्त हुने भविष्यवाणी गरे ।










