सुदूरपश्चिममा फेरी भुकम्पको धक्का

काठमाडौ । सुदूरपश्चिममा फेरी भुकम्पको धक्का महशुस गरिएको छ ।
आज राति ८ बजेर १२ मिनेट जाँदा बझाङको पाटादेवल भूकम्पको केन्द्रविन्दु बनाएर ५.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीले बताए ।

भुकम्पको धक्का कर्णाली प्रदेशका केहि जिल्ला र सुदूरपश्चिम प्रदेशका अधिकांस जिल्लामा धक्का महशुस गरिएको थियो । क्षतीबारे कुनै विवरण आएको छैन् । डोटीमा तीन दिनअघि भुकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार