माधव नेपालले गरे मतदान ४ मंसिर २०७९, आईतवार १०:५८ रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् । अध्यक्ष नेपालले रौतहटको गौरमा रहेको रामजानकी कन्या विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । नेपाल रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन् ।