एमालेको दोस्रो जितमा काठमाडौं ९ बाट कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौं । नेकपा एमालेका दोस्रो उम्मेदवार काठमाडौ क्षेत्र नं. ९ बाट विजयी भएका छन् । काठमाडौं क्षेत्र नं. ९ मा एमालेका उम्मेदवार पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका हुन्। उनले ११ हजार ९५६ मत पाए भने निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ र सत्ता गठबन्धनकी साझा उम्मेदवार कल्पना धमलाले ६ हजार ४०२ मत पाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार