
काठमाडौं । नेकपा एमालेका नेता तथा काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ।
भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीमा रहेका बास्कोटाको घरमा आज बिहान शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी भक्तपुरले जनाएको छ । छिमेकीले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरीको टोली पुगेर अुनसंन्धान गरिरहेको छ ।
बास्कोटाको घरको सिढीमा तार जोडिएको अवस्थामा प्रेसर कुकर देखिएको र त्यसलाई डिस्पोज गर्न नेपाली सेनाको टोली बोलाइको भक्तपुरका डिएसपी राजु पाण्डेले बताए ।
यसअघि २०७६ फागुनमा निर्माणाधिन अवस्थामा रहेको बास्कोटाको घरमा बम विष्फोट भएको थियो।
बास्कोटा केपी ओली नेतृत्वको सरकारमा मन्त्री हुँदा ७० करोड भ्रष्टाचार काण्ड निकै चर्चित भएको थियो । सोहि भ्रष्टाचारकाण्डका कारण उनले मन्त्री पदबाट राजीना समेत गरेका थिए ।








