सांसद कोमल ओलीको बोलीः “आफु मरे डुमै राजा” (भिडियोसहित)

होच्याइएको भन्दै माफी माग्नु पर्ने दलित समुदायको माग

काठमाडौं । लोक गायिकाका नामले परिचित सांसद कोमल ओलीको अभिब्यक्ती विवादमा परेको छ ।
कान्तिपुर टेलिभिजनमा सुरज सिंह ठकुरीले संचालन गर्ने “इट्स माई सो” कार्यक्रममा उनले दलित समुदायको आत्मसम्मानमा चोट पुग्ने गरी अभिब्यक्ती दिएको भन्दै  उनको बिरोध भइरहेको छ ।

गत शनिबार प्रसारण भएको उक्त कार्यक्रममा सांसद ओलीले कुराकानीका क्रममा “आफु मरे डुमै राजा” भनेकी थिईन । जुन नेपालको संविधान र कानून विपरितको शब्दावली थियो । कान्तिपुर टिभीको अफिसियल युटुबमा अपलोड गरिएको ५६ मिनेट २३ सेकेण्डको उक्त कार्यक्रमको ४७ मिनेट ५० सेकेण्ड जाँदा सांसद ओलीले मृत्युपछिको प्रसंग चलिरहँदा भनेकी छिन, “आफु मरिसकेपछि डुमै राजा ।”
जुन शब्दावलीले दलित समुदायलाई होच्याइएको र उनिहरुको आत्मसम्मानमा चोट पुर्याएको भन्दै दलित अधिकारकर्मीहरुले बिरोध जनाएका छन ।

एउटा सांसद जस्तो ब्यक्तीले के बोल्ने, के नबोल्ने भन्ने कुराको पनि सामान्य चेत नराख्दा त्यसले सिंगो दलित समुदायलाई होच्याएको र अपमान गरेको दलित अधिकारकर्मीको ठम्याई छ ।

सांसद ओलीले संचारमाध्यममार्फत बोलेको उक्त शब्द निन्दनिय र विभेदपुर्ण भएकाले दलित समुदायसंग माफी माग्नु पर्ने दलित अधिकारकर्मी गौरा नेपालीले बताईन । “सांसद ओलीले कुन नियतले यस्तो भनेकी हुन अधिकारकर्मी नेपालीले भनिन, जसले हामीलाई घोचेको छ, उनले उक्त शब्द फिर्ता लिर्दै माफी माग्नुपर्छ ।”

त्यस्तै अधिकारकर्मी बिन्दु परियार थापाले पनि सांसद ओलीको अभिब्यक्ती विभेदपुर्ण मानसिकताको उपज भएको बताईन । “हाम्रो मन, मस्तिष्कमा जे कुरा छ त्यही हामी बोल्छौं अधिकारकर्मी थापाले भनिन, सांसद ओलीले बोलेको शब्दहरु पनि उनको मनमा जे छ त्यही निस्केको हो, जुन खेदजनक छ ।”

सदियौ देखि अपमानित भएर बाँच्न बाध्य दलित समुदायको आत्मसम्मानमा ठेस पुर्याउने र संविधानले नै बन्देज लगाएका जातिय गाली गलौचका शव्द प्रगोग गरि संचारमाध्यममा अभिब्यक्ति दिने सांसद ओलीले दलित समुदासँग माफी माग्नु पर्नेमा उनले जोड दिईन ।

नेपालको संविधान र ऐन कानूनले पनि जातिय रुपमा कसैलाई पनि होच्याउने, अपमान गर्ने त्यस्ता शव्द प्रयोग गर्नमा रोक लगाएको छ । यदि, त्यस्तो गरेको पाइएमा दण्ड सजायको ब्यवस्था छ ।

जनताको प्रतिनिधी सांसद जस्तो ब्यक्तीले संचारमाध्यमबाट नै कुनै सुमदायमाथी आँच आउने र होच्याउने गरी अभिब्यक्ती दिएकोप्रती अहिले केहि दलित सांसदहरुले पनि आपत्ती जनाएका छन । सांसद ओलीको अभिब्यक्तीको अहिले सामाजिक संजालहरुमा चर्को बिरोध भइरहेको छ ।

कोमल ओली सांसद हुनुपुर्ब निकै लामो समय रेडियो नेपालमा समाचार वाचिकाको रुपमा काम गरिसकेकी संचारकर्मी पनि हुन । उनले कान्तिपुर टिभीको इट्स माई सो कार्यक्रममा पनि आफुलाई एक असल र कुशल संचारकर्मी भनेर बताएकी छन ।

सांसद ओलीले दिएको उक्त अभिब्यक्तीबारे प्रतिकृया लिन खोज्दा उनि अहिले नेपाल बाहिर रहेकाले सम्पर्क हुन सकेन ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार