प्रधानमन्त्री ओली डिस्चार्ज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन्। बुधबार विहान स्वास्थ्यमा समस्या  आएपछि  मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री साँझ डिस्चार्ज भएका हुन।

उनको उपचारमा संलग्न प्राध्यापक डाक्टर अरुण सायमीले प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण रिपोर्ट सामान्य आएपछि डिस्चार्ज गरिएको बताएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अहिले कुनै जटिल समस्या नरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार