
कैलाली । कैलालीको जोशीपुरमा हँसिया प्रहार गरेर एक जनाको हत्या भएको छ । जोशीपुर गाउँपालिका–६ का ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहार गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएके छ ।
हँसिया प्रहारबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि टिकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । हँसिया प्रहारबाट अर्का ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन् । उनको टीकापुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
हँसिया प्रहार गर्ने मृतकका भिनाजु नाता पर्ने सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुङ्गाना रहेको र उनि फरार रहेकाले खोजीकार्य भइरहेको डीएसपी जोशीले बताए ।










