
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले सन् २०२२ को ‘टाइम पर्सन अफ दी इयर’को उपाधि पाएका छन्। विश्वप्रसिद्ध म्यागेजिन टाइमले जेलेन्स्कीलाई उक्त उपाधि दिएको हो ।
यो उपाधि पछिल्लो १२ वर्षदेखि विश्व घटनामा सबैभन्दा बढी प्रभाव पारेको व्यक्तिलाई दिने गरिन्छ । सन् २०२२ को यो उपाधिका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङ लगायतका नेताहरु नोमिनेसनमा परेका थिए ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसले गरेको आक्रमणको डटेर सामना गर्दै आएका छन् । त्यसैले उनी यो उपाधिका लागि उपयुक्त भएको टाइम म्यागेजिनको निष्कर्ष छ ।
सन् २०२१ का ‘टाइम पर्सन अफ दी इयर’को उपाधि विश्वका धनाड्य एलन मस्कले पाएका थिए । २०१२ मा बराक ओवामालाई ‘टाइम पर्सन अफ दी इयर’को उपाधि दिइएको थियो भने त्यसपछिका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र जो बाइडेनले पनि यो उपाधी पाइसकेका छन् ।











