नयाँ सरकार गठनबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दै


काठमाडौं । नयाँ सरकार गठन गर्ने बिषयमा छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला माओवादी केन्द्रले पनि पदाधिकारी बैठक बोलाएको हो ।

आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको माओवादी महासचिव देव गुरुङले बताए । उनकाअनुसार बैठकमा नयां सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने छ।

माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित नैछ । माओवादीले अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्रीका रुपमा अघि सारेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार