काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीके राउतलाई विखण्डनकारी नभई एक थिंकर भएको बताएका छन् । फरकखालको राजनिती गरिरहेको भएपनि उनि विद्धान, इन्जिनियर र एक असल थिँकर रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।
शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र राउतबीच राजनितीक सहमतीको बिशेष कार्यक्रममा बोल्दै उनले भने, “डाक्टर सीके राउत एक विद्धान, इन्जिनियर र उहाँ टेक्नोक्र्याट मात्रै नभए थिंकर पनि हो, केहि गलत बाटो लागेर बिग्रीने हुनकी भन्ने चिन्ता थियो अब त्यो चिन्ता आजैबाट हट्यो ।”
प्रधानमन्त्री ओलीले डा. राउतलाई शान्तिपूर्णरुपमा राष्ट्रिय राजनितीमा आएको भन्दै उनको मज्जैले प्रशंसा समेत गरे ।
“मधेसमा सीके राउतको नाममा अरुले नै रोटी सेकिरहेका थिए प्रधानमन्त्री ओलीले भने, राउतको आन्दोलन र अभियान शान्तीपुर्ण थियो, त्यसैले आज यो सहमती गर्यौं अब देश विकासमा संगै सहभागी भएर लागौं ।”
प्रधानमन्त्रीले राउतको प्रसंशा गर्न कुनै कसुर बाँकी राखेनन्, यतिसम्मकी उनले नेकपाका अध्यक्ष तथा पुर्बप्रधानमन्त्री समेत रहेका प्रचण्डसंग दाँजे । “राउत एक असाधारण निर्णय गर्ने क्षमता भएका ब्यक्ती हुन उनले भने, त्यस्तो क्षमता मैले प्रचण्डजीमा मात्रै देखेको थिए ।”
सरकार र राउतबीच ११ बुँदे सहमती पत्रमा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएपछि सम्वोधन गरेका प्रधानमन्त्री ओलीले अब सबै मिलेर देशको विकास र सबृद्धिमा अघि बढ्नु पर्ने समेत बताए ।