सीके राउत बारे नेकपा भित्रै असन्तुष्टि, महासचिव पौडेल यस्तो भन्छन्

काठमाडौं । सीके राउतसँगको सहमतिको विषयलाई लिएर नेकपा भित्रै विरोध भइरहेका बेला नेकपाका महासचिव विष्णु पौडेलले त्यसको बचाउ गरेका छन् । महासचिव पौडेलले विखण्डनकारी शक्तिलाई राष्ट्रिय राजनितिमा ल्याउने कुरा सामान्य नरहेको बताएका छन् ।

साथै पौडेलले सीके राउतसँग गरिएको ११ बुँदे सम्झौता सरकारका लागि महत्वपूर्ण उपलब्धी भएको बताए । लामो समय देखि देश विखण्डनको अभियानमा हिँडेको शक्तिलाई राष्ट्को मुलधारमा ल्याउनु चानचुने कुरा नभएको दाबी समेत गरेका छन् ।

यस्तो कार्य जो काेहीले गर्न नसक्ने भन्दै पोडेलले आजको दिन नेपाली राजनितिको महत्वपूर्ण दिन भएको समेत उल्लेख गरेका छन् । यतिबेला देशको विकास र समृद्धिका लागि सबैले हातोमालो गर्दै अघि पढ्नु पर्ने आवश्यकता भएकाले यो मुद्धालाई सकारात्मक रुपमा लिन सबै नेता तथा कार्यकतालाई आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार