काठमाडौं । मधेश टुक्र्याउँछु भनेर अभियान थालेका डा. सीके राउतसंग सरकारले गरेको सहमतीको सत्तारुढ नेताले नै चर्को बिरोध गरेका छन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले सरकार र सीके राउतबीच भएको सहमतिले जनमतसंग्रह मार्फत मधेश टुक्र्याउँन खोजिएको हो ? भन्दै सरकालाई प्रश्न गरेका छन ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पुर्बगृहमन्त्री समेत रहेका नेता रावलले भने, “मधेश टुक्र्याउँछु भन्नेहरुसँग जनमतसंग्रह गर्न सहमत हुने हो ? यो कुरा संविधानले अनुमति दिन्छ ? नेकपाको घोषणापत्रले अनुमति दिन्छ ? म प्रश्न गर्न चाहन्छु, ‘के सीके राउतलाई जनमतसंग्रहमार्फत देश टुक्राउन दिने सहमती भएको हो’ ?”
सीके राउतसंगको ‘राजनितीक सहमति कार्यक्रम’ को मँचबाटै प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतलाई पार्टीकै अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग तुलना गरेकोमा नेता रावलले दुःख समेत व्यक्त गरे । “हाम्रो पार्टी अध्यक्ष प्रचण्ड र सिके राउतको निर्णय क्षमता एउटै हो भनियो उनले भने, यो कस्तो तुलना हो, जसले हामी जस्तालाई चित्त दुखाएके छ ।”
सरकारसंगको सहमतीमा सीके राउतले कहिं पनि म अब नेपालको संविधानअनुसार शान्तिपूर्ण राजनीतिक प्रतिष्पर्धामा आएँ भनेर नभनेको र हिजो विखण्डनकारी अभियान ठिक थियो भन्ने कुरा प्रष्ट पार्न खोजेको उनले दावी गरे ।
नेता रावलले सरकारले राउतसंग गरेको सम्झौतामा त्यससम्बन्धी उद्येश्य, गन्तव्य र स्पष्ट धारणा नदेखिएको आरोप समेत लगाए ।
सरकारसंग भएको ११ बुँदे सहमतीको बुँदा नम्बर ४ मा उल्लेख भएको भाषाप्रती उनले चर्को बिरोध गर्दै “स्व–शासन” भन्ने शब्दले ‘के भन्न खोज्या’ आफुले नबुझेको बताए । जुन शब्द नयां संविधान निर्माणका बेला राख्न खोज्दा असहमती भएपछि नराखिएको उनले स्पष्ट पारे ।
एउटा बिखण्डनकारीसंग यत्रो असहमती भइरहँदा पार्टीमा छलफल नभएको भन्दे नेता रावलले आक्रोस पोखे । एक÷दुई जनालाई जे मन लाग्यो त्यही गर्ने उनले भने, त्यसो भए पार्टी किन चाहियो ?’