गगन थापाको गुनासोः पार्टी सभापती नै गुटउपगुटमा लागे

काठमाडौँ । नेपाली काङ्ग्रेसमा मौलाउँदै गइरहेको गुटउपगुटबारे युवा नेताहरुले चिन्ता ब्यक्त गर्दै आएका छन । काँग्रेस युवा नेता गगन थापाले पार्टीभित्र देखिएका गुटउपगुट अन्त्य गर्नुपर्ने फेरि पनि जोड दिएका छन ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको आइतबारको बैठकमा सहभागि भएपछि संचारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले पार्टीमा मौलाउँदै गइरहेको गुटउपगुटहरुबारे चिन्ता ब्यक्त गरेका हुन।

‘पार्टीमा गुटहरु झन मौलाउँदै गइरहेका छन उनले भने, पार्टी सभापति सबैको सभापति हो, उहाँ सभापति नहुँदा उहाँले गुटउपगुट बनाउंदा त्यति फरक पर्दैन, तर आफु सभापति हुुँदा पनि गुठ बनाएर हिँड्नु विधान विपरित नै हुन्छ, यसको अन्त्य सबै मिलेर गर्नुपर्छ । ’
नेता थापाले सरकार र सीके राउतबीच सहमतीबारे आपत्ती जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार