चितवनमा शक्तिशाली बम विष्फोट, ६ जना पक्राउ

काठमाडौं । चितवनको भरपुर महनागरपालिकाको वडा कार्यालयमा शक्तिशाली बम विष्फोट भएको छ ।  भरतपुर महानगरपालि –५ को तोरीखेतमा रहेको कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको हो ।

गएराति १२ः ३० बजे तिर भएको शक्तिशाली बम विष्फोट बाट वडा कार्यालयको झ्यालका सिसा फुटेका छन् भने, विस्फोटपछि लागेको आगोले कागजपत्रसमेत जलेको चितवन प्रहरीले जनाएको छ ।

घटना थाहा पाएलगत्तै महानगरको दमकल र सुरक्षाकर्मीको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।  बम विस्फोट गराएको आशंकामा प्रहरीले गएराति नै ६ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । बम विस्फोट कसले र किन गरायो भन्ने कुरा भने खुलेको छैन ।

तर, प्रहरीले विप्लव नेतृत्वको पार्टीको संलग्नता हुनसक्ने शंका गरेको छ । पछिल्लो समय विप्लव समुहका कार्यकर्ताले ठाउँ ठाउँमा विष्फोटका घटनाहरु बढाई रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार