दुर्घटनामा दुईको मृत्यु, सात घाईते

सप्तरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गामा बसले मोटरसाईकल किच्दा दुईजनाको मृत्यु भएको छ भने सात जना घाईते भएका छन ।
सुरुङ्गा नगरपालिकाको कुशहास्थित सुरुङ्गा खोलाको पुलमा बुधबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको का १ ख ४९३४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को २४ प ६४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँएको हो ।

बसको ठक्करबाट मोटसाइकलमा सवार सप्तरीको सुरुङ्गा नगरपालिका–५ निवासी ६५ वर्षीय मजलुम मियाँ र ४५ वर्षीय रामे पासवानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाबका प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

मोटरसाइकलाई ठक्कर दिएलगत्तै बस अनियन्त्रित हुनगई पुलमा पल्टिँदा बसमा सवार सात यात्रु घाइते भएको र उनीहरुको लहानमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार