
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन्। रावलले विश्वासको मत लिने अन्तिम दिन आज विश्वासको मत लिदैं छन् ।
तर प्रदेश सभामा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य भने अहिलेसम्म पनि काठमाडौंमै छन्। सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद छन्। केही दिनअघि काठमाडौं आएका उनीहरू अहिले पनि काठमाडौंमा वार्ता र छलफल गरिरहेका छन्। हिजो बैठक नबसि स्थगित भएएको प्रदेश सभाको बैठक नागरिक उन्मुक्ति पार्टीका सांसद काठमाडौंमा रहेकाले आज पनि सर्ने निश्चित छ।
नागरिक उन्मुक्ति पार्टीले भने जेलमा रहेका रेशम चौधरीलगायत टीकापुर घटनामा जोडिएकाहरूलाई रिहाइ गर्नुपर्ने माग राख्दै आएका छन्।










