
कैलाली । सुदूरपश्चिम प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री कमल बहादुर शाहले आज शथप लिए लगत्तै दुईजना मन्त्रिलाई नियुक्त गरेर उनले मन्त्रिमण्डल विस्तार गरेका हुन् ।
शाह नेतृत्वको मन्त्रिमण्डलमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवाले भौतिक पूर्वाधारमन्त्री र नेकपा समाजवादीका नरेशबहादुर शाहीले आर्थिक मामिला मन्त्रीमा शपथ लिएका हुन्। उनीहरूलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
२७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले हिजो बसेको प्रदेश सभा बैठकमा विश्वासको मत नपाउँदा पदमुक्त भएपछि ठुलो दलको हैसियतमा काँग्रेसबाट शाह मुख्यमन्त्री बनेका थिए ।
शाह नेतृत्वको सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।










