काँग्रेस सांसद भण्डारीको घरमा सिलिण्डर बिस्फोट, भण्डारी र उनकी आमा गम्भिर घाइते


काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारी ग्यास सिलिण्डर बिस्फोटमा परि घाइते भएका छन् । उनको काठमाडौं बुद्धनगरस्थित घरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा घाइते भएका हुन् । बिस्फोटमा परी उनकी आमा पनि घाइते भएकी छन् ।

घाईते दुबै जनाको अहिले कृतिपुर अस्पतालमा उपचार भइरहेको उनको सचिवालयले जनाएको छ । उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै सचिवालयले जनाएअनुसार बिस्फोटबाट सांसद भण्डारीको करिब २५ प्रतिशत र उनकी आमाको शरिरमा करिब ७० प्रतिशत गम्भिर चोट पुगेको छ । सांसद भण्डारी प्रतिनिधिसभा निर्वाचनमा गुल्मी निर्वाचन क्षेत्र न १ बाट विजयी भएका थिए ।

घटनाबारे विस्तरित जानकारी आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार