बुटवल । प्रदेश ५ ले करिब पचास लाख खर्चेर प्रदेशसभा हल निर्माण गरेको छ । संसद सचिवालयले नंया संरचना निर्माण र डेकोरेशनमा करिब पचास लाख खर्चेर प्रदेशसभा हल बनाएको हो।यसअघि उद्योग बाणिज्य संघको भवनलाई भाडा लिई बैठकहरु संचालन हुदै आएका थिए ।
बर्षे अधिवेशन सकिएको बेला प्रदेशसभालाई नयाँ स्वरुप दिइएको छ । अब प्रदेशसभा हलमा सांसदहरुलाई बस्न र ओहरदोहर गर्न सहज हुनेगरी सबै डमुरेसन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
‘सचिवालयका अनुसार पहिले हलभित्र ३ वटा ब्लक थिएभने अहिले ४ वटा ब्लक निर्माणगरी सभाहल ब्यवस्थित गरिएको छ ।
सभाहलको खर्चमा रोष्टम ९मञ्च० बनाउन ९ लाख खर्च, हलको एचडी स्टुडियोमा ४० लाख खर्च भएको जनाइएको छ ।
त्यसैगरि, सचिवालयले ६ वटै बिषयगत समितिहरुलाई छुट्टा छ्ट्टै कार्यालयको व्यवस्था समेत गरेको छ । कार्यालय निर्माणमा करिब ४० लाख खर्च भएको छ ।