काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका प्रस्थान गरेका छन् । आइतबार साँझ ५ बजे इतिहाद एयरवेजस् मार्फत प्रचण्डसहित पत्नी सीता, छोरी गंगा दाहालसहितको टोली अमेरिका प्रस्थान गरेको हो ।
अमेरिका उठ्नु अघि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै प्रचण्डले भने, “मेरा त्यहाँ भएका मित्रहरुले पार्किन्सन्स रोगको नयाँ प्रविधिबाट अमेरिकामा उपचार सुरु भएको छ, एकपल्ट यहाँ ल्याएर देखाउँ भनेपछि हामी जान लागेका हौं, सीताले पनि पटक पटक अमेरिकामा गएर उपचार गराइदिन भनिरहेकी थिइन ।”
उपचारमा हप्तादिन भन्दा बढि लागेमा सीतालाई छोरी गंगाको जिम्मामा छोडेर आफू स्वदेश फर्किने प्रचण्डले बताए।
प्रचण्डका अनुसार सीताको अमेरिकाको जोन हकिङ्स् अस्पतालमा उपचार हुनेछ । प्रचण्ड पत्नी सीता पार्किन्सन रोगबाट ग्रसित छिन् । सीताको यसअघि भारत र सिंगापुरमा स्वाथ्य उपचार गरिएको थियो ।