माअ‍ोवादी केन्द्र र जसपाका नेताहरुबीच भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपतिका बिषयमा छलफल गर्न नेकपा माअ‍ोवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुबीच भेटवार्ता सुरु भएको छ ।

सिंहदरबारमा सुरु भएको भेटवार्तामा माओवादी केन्द्रबाट अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड, पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव शक्ति बस्नेत सहभागी छन् भने जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी छन् ।
जसपाले राष्ट्रपति पदमा दावी नगरे पनि उपराष्ट्रपतिमा भने दावी गरिरहेको छ ।

यसअघि आज बिहान प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतका नेताहरुबीच सिंहदरवार मै भेटवार्ता भएको थियो । यो छलफल सकिएपछि आजै साँझ ६ बजे माओवादी, जसपा, एकीकृत समाजवादीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग छलफल गर्ने बताइएको छ ।
यहि फागुन २५ गते हुनलागेको राष्ट्रपति निर्वाचनका लागि १३ गते उम्मेदवारी दर्ता गर्नुपर्ने छ । सत्ता गठबन्धनमा राष्ट्रपति कसलाई बनाउने भन्ने बिषयमा सहमती हुन नसक्दा गठबन्धन नै संकटमा परेको छ । सत्ता गठबन्धनमा सहमती हुन कठिन भएपछि पुरानो काँग्रेससहितको पाँच दलीय गठबन्धन ब्युँउताउने कसरत समेत सुरु भएको छ ।
पछिल्लो समय एमालेले राष्ट्र«पतिमा समाजवादी अध्यक्ष नेपाललाई अघि सारेपछि प्रचण्ड अलमलमा परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार