डा. केसी पुगे राष्ट्रसंघमा, पीडक पक्षको हस्तक्षेप रोक्न माग

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक अनसन बसेका डा. गोविन्द केसीले संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयमा पज्ञापन पत्र बुझाएका छन् । मंगलबार संक्रमणकालीन न्याय प्रक्रियालाई पीडक पक्षको हस्तक्षेपबाट मुक्त गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा सत्य निरुपण र वेपत्ता आयोगलाई अन्तराष्ट्रिय मापदण्ड बमोजिम अधिकार सम्पन्न, स्वतन्त्र र प्रभावकारी बनाउने गरी पुनःसंरचना गर्नुपर्ने माग उल्लेख गरिएको छ । अधिवक्ता ओमप्रकाश अर्याललगायत चार जनाले राष्ट्र संघ भवन, पुल्चोकमार्फत बुझाएको ज्ञापनपत्रमा ‘संक्रमणकालीन न्याय संयन्त्र माथि भै रहेको पीडक पक्षको हस्तक्षेप बन्द गरिनुपर्ने माग सहित ६ वटा बुँदा समावेश गरेका छन् ।

जघन्य वा गम्भीर अपराधका सम्बन्धमा अदालतमा मुद्दा विचाराधीन रहेका व्यक्ति, राष्ट्रिय मानव अधिकार आयोग वा मानव अधिकारसम्बन्धी अन्य निकायले कारवाहीका लागि सिफारिस गरेका व्यक्ति, फौजदारी अनुसन्धानको दायरामा रहेका व्यक्ति तथा अपराधमा संलग्न भनी पीडितले प्रमाणसहित आरोप लगाइएका व्यक्तिलाई तत्काल भेटिङ्गको दायरामा ल्याउनुपर्ने माग उनीहरुको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार