
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका भाई सरोज उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । समाजवादीको आलोकनगरस्थित पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको सरोजको पार्थिव शरिरमा प्रधानमन्त्री प्रचण्डले श्रद्धाञ्जली अर्पण गरेका हुन् । श्रद्धाञ्जलीका लागि कम्युनिष्ट नेता बामदेव गौतम लगायत समाजवादी नेता कार्यकर्ताहरु पार्टी कार्यालय पुगेका थिए । सरोज समाजवादीको इन्जिनियर विभाग प्रमुख समेत थिए ।
शनिवार दिउँसो शंखमुलस्थित एक क्याफेको ६ तालमाथि छतबाट खसेर सरोजको निधन भएको थियो ।
उनको पार्थिव शरीर श्रद्धान्जलीका लागि दिउँसो १ बजेदेखि ३ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो । पार्थव शरिरलाई अन्त्येष्टिका लागि अहिले पशुपति आर्यघाट लैजाने तयारी भइरहेको छ। सरोका श्रीमती र दुई छोरी छन् ।
भिडियोहरु हेर्नुहोस











