काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला विरामी भएर अस्पताल भर्ना भएका छन् । शुक्रबार बिहान अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । सिटौलाको हेम्स अस्पतालको आईसीयु कक्षमा राखेर उपचार हुँदैछ ।
नेता सिटौलाको हेमोग्लोबिनको कमी देखिएको छ भने अन्य स्वस्थ्य परीक्षण भैरहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन्।
शुक्रबार दिउँसो सिटौलाको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका नेताहरु अर्जुननरसिंह केसी, शेखर कोइराला, प्रकाशशरण महत, भीमसेनदास प्रधान, गगन थापा, प्रदिप पौडललगायतका नेताहरु अस्पताल पुगेका थिए ।