‘पशुपतिनाथको सुन जलहरीमा ओलीलाई जोड्नु उचित होइन’


काठमाडौं । प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहलरीमा भएको भ्रष्टाचारमा एमाले अध्यक्ष केपी ओलीलाई जोड्नु उचित नभएको बताएका छन् ।
आज बसेको संसद बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले पशुपतिको जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोसको भएकाले जलहरीमा भएको भनिएको भ्रष्टाचारमा ओलीलाई जोड्नु उचित नभएको बताएका हुन् ।

माओवादी सांसद लेखनाथ दाहालले जेठ दश गते संसदमा बोल्दै जलहरीमा भएको भ्रष्टाचारमा अध्यक्ष ओलीले जिम्मेवारी लिनुपर्ने बताएका थिए । सांसद दाहालले ओली प्रधानमन्त्री हुँदा ‘स्वास्थ्य सामग्री खरिदमा दुई अर्ब भ्रष्टाचार, पशुपतिमा जलहरी लाउँदा सुन लाउने भनेर पित्तल लाइदिएर भ्रष्टाचारका काण्डहरु भएको समेत बताएका थिए ।

उनको त्यो अभिव्यक्तीको दुई दिनपछि प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरुद्ध गरेपछि प्रधामन्त्रीले आज संसदमा त्यसबारे स्पष्टीकरण दिएका हुन् ।

जलहरी राख्दा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसको अनुसंन्धानमा सरकारले आयोगलाई सहयोग गर्ने समेत बताए। जलहरी राख्दा भएको भनिएको भ्रष्टाचारबारे महालेखाको प्रतिवेदनमा समेत प्रश्न उठाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार