वाइडबडी खरिदमा साँढे चार अर्बभन्दा बढी भ्रष्टाचारः नागरिक आयोग

काठमाडौं । सरकारले खरिद गरेको वाइडबडी जहाजमा भ्रष्टाचार भएको भन्दै चर्चापर्चा भइरहेको धेरै भयो । तर, अहिलेसम्म यसबारे खास काम कारवाही अघि बढ्न सकेको छैन । भ्रष्टाचारको अन्त र सुशासन कायम गर्नका लागि नागरिकस्तरबाट आवाज भने उठिनै रहेका छन् ।
वाइडवडी खरिदमा भ्रष्टाचार भएको लगायतका बिषयमा आवाज उठाउर्दै आएको नागरिक आयोगले शुक्राबार पत्रकार सम्मेलनमार्फत वाइडवडीमा भएको भ्रष्टाचारबारेको एक रिर्पोट सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको रिर्पोट अनुसार वाइडवडी खरिदमा साँढे चार अर्बभन्दा बढी अपचलन गरी भ्रष्टाचार गरेको निष्कर्ष निकालेको छ ।
पत्रकार सम्मेलनमा भ्रष्टाचार बिरोधी नागरिक आयोगका विभिन्न अभियन्ताहरुले वाइडबडीका भ्रष्टाचारीलाई उम्काउन सेटिङमै चलखेल भएकाले कारबाहीको दायरामा ल्याउन व्यापक जनदबाब सिर्जना गर्नु पर्ने बताए ।

पूर्व कार्यवाहक महालेखा परीक्षक सुकदेव भट्टराई क्षेत्री, पूर्व एआईजी डा. ठाकुरमोहन श्रेष्ठ, वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र सामाजिक अभियन्ता रोसा श्रेष्ठ सदस्यसचिव रहेको चार सदस्यीय नागरिक आयोगले १० बुँदे निष्कर्षमा वाइडबडी खरिदको अनियमिततामा ढिलाई भइसकेको उल्लेख गरेका छन्।

प्रतिवेदनमा रु. चार अर्ब ३५ करोड ५६ लाखभन्दा अधिक अपचलन गरिएको, सार्वजनिक खरिद ऐनले तोकेका प्रक्रियाहरु अबलम्बन गरेको अवस्था नदेखिएको, जहाज खरिद प्रक्रियामा अविश्सनीय कम्पनिहरु रोजिएको, नेपाल राष्ट्र बैंकबाट प्रतितपत्र नखोली रकम निकाशा गरिएको, कमसल सामाग्री जडान गरिएको, खरिद गरिएका बिमानहरु हरेक उडानमा बिश्राम र पुनः उडानको संचालनमा अतिरिक्त भारको कारण आर्थिक रुपमा फाइदाजनक नभएको विषय उल्लेख छन् ।

पूर्व कार्यवाहक महालेखा परीक्षक सुकदेव भट्टराईले आयोगको प्रतिवेदनले जहाज खरिद प्रकरणमा चरम भ्रष्टाचार भएको विषयलाई खुलस्त पारेको बताए ।

आयोगका सदस्य डा. ठाकुरमोहन श्रेष्ठले राज्यको ढुकुटी रित्याउने गरी भएको भ्रष्टाचारमा संलग्नलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने बताए । पूर्व सहायकरथी प्रेमसिंह बस्न्यातले भ्रष्टाचारीलाई कारबाही नगरे देश बर्बाद हुने बताए ।

भ्रष्टाचारविरुद्धका अभियन्ता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई उन्मुक्ति दिन सत्तामा रहेकाहरु नै सक्रिय रहेको आरोप लगाए ।
आयोगकी सदस्यसचिव रोशा श्रेष्ठले वाइडबडी भ्रष्टाचारमा संलग्नहरुलाई कारबाही गराएरै छाड्नपर्ने बताइन् ।

आयोगको प्रतिवेदनको पुर्णपाठ यो लिँक क्लिक गरेर पढ्नुहोस

https://www.reportersnepal.com/wp-content/uploads/2019/06/Preliminary-Report-Final_pdf-notes_flattened_201906141530.pdf

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार