मलेशिया । मान्छे अनेक कारणले चर्चामा आइरहन्छन । कोहि आफ्नो क्षमताले, कोहि गतिविधी र कामले चर्चामा आउँछन । यस्तै आफ्नो शारिरीक पहिचानले एक नेपाली विदेशमा निकै चर्चामा छन् ।
कपाल, दारी काट्ने सैलुन पसल संचालक कैलाश नाउ गरेका नेपाली अहिले मलेसियाका मिडियामा छाएका छन । शहर बजार लगायत हुनै कार्यक्रमहरुमा कैसाश जांदा धेरै जना उनलाई देखेर हेरेको हेर्यै हुन्छन । उनलाई मान्छेहरुले यसरि हेर्नुको एउटै कारण हो, उनले पालेका जुंगा, दाह्री । विदेश मै भएपनि उनि नेपाली भदगाउँले टोपी शिरमा सजाएर टक्क एन्टेना जुँगा सजाएर हिड्छन ।
एन्टेना जस्तै ठाडों पारिएका उनका जुँगाको बयान गर्दै मलेसियन अँग्रेजी न्यू स्ट्रेट टाइम्सले समाचार छापेको छ । कैलाश, मलेसियाको राजधानीको जलन टुन एच.एस.लीमा रहेको मास्टर सैलुनका सञ्चालन हुन । कामका लागि त्यहाँ गएका नेपालीहरु उनका बिशेष ग्राहक हुन ।
रमाइलो कुरा त के भने, जुँगाकै कारण उनलाई अमेरिका र ब्रिटेनमा भएका तीन अन्तर्राष्ट्रिय जुँगा÷दाह्री प्रतियोगितामा निमन्त्रणा आइसकेको टाइम्ससँगको कुराकानीमा उनले बताएका छन ।
तर दुर्भाग्यवश आयोजकहरुको बलियो सिफारिसका कारण उनले दुई पटक भिषा पाउन सकेनन् । जुन उनलाई नरमाइलो लाग्छ । एक पटक जसरि भएपनि त्यस्तो प्रतिस्पर्दामा भाग लिएरै छाड्ने उनको धोको छ । उनका करिब २० ईन्च लामा जुँगा छन् ।
कैलास एक सेलिब्रेटी जस्तै छन मलेसियामा । उनलाई देख्ने बित्तिकै मान्छेहरु उनिसंग फोटो खिच्छन ।
उनले दारी जुँगा प्रतियोगीता बारे पत्रिकालाई भनेका छन, “पहिलो विश्व दाह्री र जुँगा च्याम्पियनसीप–२०१७ को थियो । यो सोही वर्ष सेप्टेम्बर १–३ टेक्सासको अस्टिनमा आयोजना भएको थियो । दोस्रो ब्रिटिश दाह्री जुँगा प्रतियोगिता–२०१८ थियो । यो यही वर्ष अगष्ट १८ मा आयोजना भएको थियो, ” कैलाशले भने ,“अन्तिम चाँही अघिल्लो महिना सेप्टेम्बर २५–२९ मा अमेरिकाको भर्जिनियाको रिचमण्डमा भएको ग्रेट अमेरिकन वियर्ड एण्ड मुस्ट्याच च्याम्पियनसीप २०१८ हो । ”
न्यू स्ट्रेट टाइम्सले लेखे अनुसार कैलाश १३ वर्षअघि मलेसिया गएका थिए र त्यहाँ उनले शुरुमा नेपाली कामदारहरुको लागि एजेन्ट खोज्ने काम गरेका थिए । त्यसपछि आफ्नै सैलुन ब्यवसाय गर्दै आएका छन् । मलेसियन अँग्रेजी पत्रिका टाइम्सले उनको समाचार लेखे पनि उनको नेपालको ठेगाना लगायत अन्य कुराहरु उल्लेख गरेको छैन ।-टाइम्सको सहयोगमा