बुटवल । नेपाली सेनालाई आफू अनुकुल परिचालन गर्ने गरी विधेयक ल्याएको भन्दै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले बिरोध गरेका छन् । सरकारले ल्याएको राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक हुबहु पास हुन नदिने उनले चेतावनी समेत दिए ।
बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पूर्वरक्षामन्त्री समेत रहेका खाँणले राष्ट्रिय अखण्डता र स्वाधिनता जोगाउन महत्वपूर्ण योगदान गरेको सेनालाई कमजोर पार्न खोजिए त्यसको सदन र सडकबाट प्रतिवाद गर्ने उनको भनाई थियो ।
नेता खाँणले सीके राउत र विप्लवका बिषयमा सरकारले गरेको कामको समेत चर्को बिरोध गरेका छन् । उनले सीके राउतसँग सरकारले अत्यन्तै गैरजिम्मेबार ढगंबाट राजनितक सम्झौता गरेको दाबी गरे भने विप्लव समूहमाथि लगाइएको प्रतिबन्धले देशमा मुठभेड निमत्याएको बताए।