
काठमाडौं । सरकारले सन् २०२३ देखि २०३२ सम्मलाई पर्यटन दशक घोषणा गरेको छ । सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महत बजेट भाषण गर्दै पर्यटन दशक घोषणा गरेका हुन् । त्यस्तै सरकारले यो वर्ष नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुर्याइने जनाएको छ । त्यस्तै मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने जनाएको छ।
पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गरिने समेत बजेटमा उल्लेख छ । सांस्कृतिक सम्पदाहरूको संरक्षण र सम्वर्द्धन गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने, हवाई यातायात सेवालाई सुरक्षित र गुणस्तरीय बनाइने जनाएको छ।
‘सरकारले यस वर्ष नेपाल घुमौं, नेपाल चिनौं’ अभियान चलाउने जनाएको छ ।










