६२ हजारले दिइसके कोरियाली भाषा परीक्षाका लागि आवेदन,परीक्षा कहिले ?

काठमाडौँ । वैदेशिक रोजगारीका लागि आर्कषक गन्तव्य मानिएको देश हो कोरिया । प्रत्येक बर्ष त्यहि देश जानका लागि नेपाली बेरोजगार हजारौं युवाहरु तछाड मछाड गर्छन । कोरिया जानुपुर्ब भाषा परीक्षा पास गर्नुपर्ने हुन्छ । यसबर्षका लागि कोरियाली भाषा परीक्षा आगामी जेठ २५ र २६ गते तोकिएको छ ।

जसमा शनिवार साँझसम्म ६२ हजार ९७८ युवा युवतीहरुले परीक्षामा सहभागी हुन आवेदन दिएका छ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन दिएका हुन ।

भाषा परीक्षाका लागि बिहीबार राति १२ बजेदेखि आवेदन फारम भर्न खुला गरिएको थियो भने यही चैत १७ गतेसम्म आवेदन दिन सकिने इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । उनका अनुसार आगामी असार १३ गते परीक्षाको नतिजा प्रकाशन गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार