सुदूरपश्चिम प्रदेशले ल्यायो २९ अर्ब २६ करोडको बजेट

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि २९ अर्ब २६ करोड ५९ लाखको बजेट ल्याएको छ । शुक्रबार प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालु तर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पूँजीगत तर्फ १७ अर्ब २ करोड रुपैयाँ बजेट ल्याएका हुन् ।

प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट रु. १ अर्ब ५० करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम रु. ९ अर्ब ४१ करोड १७ लाख, संघीय रोयल्टी बाँडफाँट भै प्राप्त हुने रु.६ करोड ५६ लाख ८ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु.८ अर्व ५२ करोड ३ लाख रहेको छ ।

चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम रु. ३ अर्व ८६ करोड ६७ लाख २४ हजार, ससर्त अनुदानबाट प्राप्त हुने रु. ४ अर्ब ५१ करोड १६ लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु. ७७ करोड र विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु. ६२ करोड प्राप्त हुने अनुमान गरेको अर्थमन्त्री नरेश कुमार शाहीले घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार